Aamsanchar

बिर्ता आयुर्वेदद्धारा निःशुल्क स्वास्थ्य शिविर

Author Image
सोमवार, पौष ३, २०७४

झापा बिर्तामोड १ मा रहेको बिर्ता आयुर्वेद एन्ड फिजियोथेरापी सेन्टरले बिर्तामोड मै पहिलो पटक भिन्न भिन्न समय पारेर नि:शुल्क स्वास्थ्य शिबिर संचालन गरिरहेको छ।

त्यस्तै बिरामीको स्वास्थ्यको निगरानी गर्दै शनिबार पनि पुरानो खोकी ,पिनास,पाइल्स सुगर छाती दुख्ने लगायत समस्याको डाक्टर निलकण्ठ उपाध्ययद्वारा नि:शुल्क जाँच तथा परामर्श सेवा प्रदान गरिएको थियो भने फिजियोथेरापिस्ट डा. दिपेन्द्र यादवले प्यारालाइसिस,नशा च्यापिएको,हाडजोर्नी दुख्ने झमझमाउने आदि समस्याको फिजियोथेरापीको माध्यम द्वारा उपचार तथा परामर्श दिनुभएको थियो।

यहा आउने अधिकाङ्स बिरामीहरुमा पाइल्स रोग बढी रहेको चिकित्सक उपाध्ययले बताउनु भयो।बिरामीहरुले छिटै उपचार तथा औषधि गरे छिटो निको हुने र नगरे ज्यान जाने समेत उहाले भन्नू भयो। आयुर्वेदिक औषधि खादा कुनै साइडइफेक्ट नरहने भएकाले बिरामि यस प्रती आकर्षित भइरहेको प्रबन्धक नर्वदा भट्टराईले बताइन।

उक्त सिबिर मा करिब ५० जना को नि:शुल्क स्वास्थ परिक्षण गरिएको थियो । यस बिर्ता आयुर्वेद एण्ड फिजियोथेरापी सेन्टर ले झापा का विभिन्न स्थानमा नि:शुल्क स्वास्थ सिबिर पनि संचालक गर्दै आएको छ ।त्यसै गरि यस सेन्टर मा प्रत्येक शनिबार नि:शुल्क स्वास्थ शिबिर सन्चालन गरिरहेको पनि सस्था का सन्चालक योगेस श्रेष्ठ ले जानकारी दिनु भएको छ ।

Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर