Aamsanchar

छोरो गुमाएको दश वर्षपछि बीमा

Author Image
सोमवार, पौष ३, २०७४

खोटाङ, 

ऐसेलुखर्क गाउँपालिका–१ राखावाङ्देलका रत्नबहादुर जोगीले वैदेशिक रोजगारीमा गएको छोराको मलेसियामै मृत्यु भएपछि पाउने आर्थिक सहायताका लागि १० वर्षसम्म दौडधुप गर्नुप¥यो ।

उहाँको छोरा खेमराजको २०६५ भदौमा काम गर्ने क्रममै मेसिनमा च्यापिएर मलेसियामाा मृत्यु भएको थियो । छोराको मृत्यु भएपछि मलेसियामा गरिएको बिमाबापतको रकम पाउन रत्नबहादुरलाई एक दशक लाग्यो ।

पाँच वर्ष अघि दिक्तेलमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना सूचना तथा परामर्श केन्द्रको सहयोगमा रकम उपलब्ध भएको उहाँले बताउनुभयो । बीमाबापतको रकम रत्नबहादुरलाई रु दुई लाख ९३ हजार र उहाँकी श्रीमती सीतामायालाई रु दुई लाख ९३ हजार उपलब्ध गराएको केन्द्रकी परामर्शकर्ता अम्बिका दाहालले बताउनुभयो ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर