Aamsanchar

नागढुंगाबाट लागूऔषधसहित एकजना पक्राउ

Author Image
सोमवार, पौष ३, २०७४

काठमाडौँ,

महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौँ आउँदै गरेको बा ३ ख २८६६ नं को बसमा झोलामा लुकाइल्याएको अवस्थामा आज बिहान १० बजे तनहुँका विक्रम अधिकारीलाई पक्राउ गरेको हो ।

प्रभागका प्रमुख केशव भट्टका अनुसार पक्राउ अधिकारीसँग १६ एम्पुल डाइजेपाम, १६ एम्पुल लुर्फिजेसिक, १६ एम्पुल फेनार्गन र एक थान सिरिञ्ज पक्राउ गरिएको जानकारी दिनुभयो ।

पक्राउ अधिकारीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको भट्टले बताउनुभयो ।

Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर