Aamsanchar

क्यान्सर पीडित खड्कालाई यातायात व्यवसायीको सहयोग

Author Image
बुधवार, पौष ५, २०७४

उदयपुर, 

उदयपुर जिल्लाको कटारी नगपालिका–३ बस्ने ३० वर्षीय क्यान्सर रोगका पीडित गोपालप्रसाद खड्कालाई हिमाली यातायात व्यवसायी संघ कटारीले उपचारका लागि मंगलबार आर्थिक सहयोग प्रदान गरेको छ ।

खड्कालाई हिमाली यातायात व्यवसायी संघका तर्फबाट संघका अध्यक्ष शत्रुधन कार्कीले खड्काको घरमा नै पुगेर नगद रु ५० हजार प्रदान गरेको पीडित खड्काले बताउनुभयो ।

यस्तै स्थानीय छिमेकीले समेत खड्कालाई रु एक लाख प्रदान गरेर आर्थिक सहयोग गरेका छन् । खुट्टाको क्यान्सरबाट पीडित बनेका खड्काको उपचारका क्रममा घरको आर्थिक अवस्था नाजुक बन्दै जान थालेपछि खड्काको उपचारमा अन्यले आर्थिक सहयोग शुरु गरेका हुन् ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर