Aamsanchar

सवारी दुर्घटनामा एक महिलाको मृत्यु

Author Image
आइतवार, पौष ९, २०७४

काँकरभिट्टा।

पूर्व पश्चिम लोकमार्ग अन्र्तगत झापाको धुलाबारी सडक खण्डमा आइतबार भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

काँकरभिट्टाबाट धरान तर्फ जाँदै गरेको को १ ख २२०३ नम्बरको बसले मे ६ प ६५८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ४२ वर्षीया ऋतु प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आईतबार दिउँसो २ बजे धुलाबारी चोकमा बाटो काट्दै गरेको मोटरसाइकललाई बसले ठक्कर दिँदा गम्भीर घाइते भएकी प्रधानलाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो ।

उपचारका लागि अस्पताल लैजाने क्रममा मेचीनगर ६ की उनको बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

मोटरसाइकल चालक मृतक ऋतुका श्रीमान् नवराज प्रधान र छोरा निसान प्रधान गम्भीर घाइते भएका थिए । ठक्कर दिने बससहित चालकलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रण लिएको जनाइएको छ ।

Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर