Aamsanchar

पहाडमा पहिलोपटक बोरिङ प्रणालीमार्फत पानी

Author Image
सोमवार, पौष १०, २०७४

इलाम, 

इलामको सूर्योदय नगरपालिकामा बोरिङ प्रणलीबाट पानी निकालिएको छ । एक हजार ६०० मिटर उचाइमा रहेको पहाडमा पहिलो पटक बोरिङ प्रणालीमार्फत पानी निकालिएको हो ।

अलैँची विकास केन्द्रले अलैँची नर्सरीमा सिँचाइको लागि बोरिङ प्रविधिबाट पानी निकालेको अलैँची विकास अधिकृत पदमप्रसाद अधिकारीले जानकारी दिनुभयो । नेपाल तराई निर्माण तथा डिप ट्वेल प्रालि दोलखाको कम्पनीबाट डिटिएच मेसिन ल्याएर पानी निकालिएको हो ।

अलैँची विकास अधिकृत अधिकारीले भन्नुभयो – “पहाडमा बोरिङ प्रविधिबाट पानी निकालिएको यो नै पहिलो हुनुपर्छ ।” यहाँ पानी निकालिए पछि अग्लो स्थानमा पनि डिप बोरिङ गरेर निकाल्न सकिने ज्ञान र जानकारी बाहिर आएको उहाँको भनाइ छ ।

सो क्षेत्रमा पानीको अभाव छ । पानी अभावका कारण अलैँची नर्सरीमा समस्या हुँदै आएको थियो । अब भने सहज हुने अधिकृत अधिकारी बताउनुहुन्छ । यो प्रविधि भित्रिएसँगै जिल्लाका सुख्खा ठाउँमा खाने पानी तथा सिँचाइको लागि पानी निकाल्न सहज हुनेछ ।

Views: 212

प्रतिक्रिया (०)

सम्बन्धित खबर