Aamsanchar

कन्काइ अस्पतालमा घुँडाको सफल शल्यक्रिया

Author Image
सोमवार, पौष १०, २०७४

बिर्तामोड, 

कन्काई अस्पतालले एक महिलाको दुई वटै घुँडाको सफल प्रत्यारोपण भएको जिकिर गरेको छ ।

अस्पतालले आज पत्रकार सम्मेलन गरी झापा बुद्धशान्ति गाउँपालिका–४ की ६० वर्षीया नरमाया भुजेलको घुँडाको सफल प्रत्यारोपण गरेको जनाएको छ । नरमाया केही महिनादेखि घुँडाको बाथको समस्याबाट पीडित हुनुहुन्थ्यो ।

उहाँलाई रोगले च्यापेपछि परिवारले धरानको बिपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठान भर्ना गरे पनि चिकित्सकले उपचार सम्भव नहुने बताएपछि एक महिनाअघि कन्काई अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो ।

अस्पतालका प्रबन्ध निर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा प्रेमबहादुर शाहीको टोलीले एक महिना लगाएर उहाँको घुँडाको प्रत्यारोपण सफल रुपमा गरेको हो । उहाँको उपचारमा करिब रु १० लाख खर्च भएको आफन्तले बताएका छन्

Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर