Aamsanchar

आगलागीबाट लाखौंको क्षति

Author Image
सोमवार, पौष १०, २०७४

इलाम ,

इलाममा आगलागी हुँदा ३९ लाख ६० हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ  । जिल्लाको देउमाइ नगरपालिका–६, शान्तिडाँडास्थित फुटुकको एक घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

घरमा कोही नभएको अवस्थामा स्थानीय डेबिड साउदेनको घरमा विद्युत सर्ट भई आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा दुईतले घरसहित घरमा डेरा गरी बस्दै आएका देवी नेपालले राखेको किराना तथा लत्ताकपडा चप्पलको पसल सबै जलेर खरानी भएको छ ।

प्रहरीका अनुसार आगालागीबाट साउदेनको अन्दाजी ३० लाख र नेपालको ९ लाख ६० हजार रुपैयाँभन्दा बढीको क्षति भएको छ । आगो स्थानीयबासिन्दा र प्रहरीले करिव ४५ मिनेटपछि नियन्त्रणमा लिएका थिए ।

Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर