Aamsanchar

मेचीनगर लेडी जेसीज देशभरीको उत्कृष्ट शाखा घोषित

Author Image
मङ्गलवार, पौष ११, २०७४

मेचीनगर,

समाज परिवर्तनका निमित्त मेचीनगर लेडी जेसीजले गरेको कार्यहरुको मुल्यांकन गर्दै देसभरीको उत्कृष्ट जेसीज शाखा घोषित भएको छ ।

भैरवाको सिद्यार्थनगरमा आज मंगलबार सम्पन्न नेपाल जेसीजको ४४ औ राष्ट्रिय अधिबेशनले नेपाल जेसीजको सामुदायीक क्षेत्र अन्तरगद देसभरका शाखाहरु मध्ये मेचीनगर लेडी जेसीजलाई उत्कृष्ट्र जेसीज शाखाको रुपमा पुरस्कृत गरिएको लेडी जेसीजकी वर्ष २०१५ कि अध्यक्ष टिका सुवेदीले जानकारी दिनुभयो ।

कार्यक्रममा नेपाल जेसीज वर्ष २०१७ का राष्ट्रिय अध्यक्ष प्रकाश प्रसाद अधिकारीले लेडी जेसीजकी अध्यक्ष शोभा श्रेष्ठलाई उतकृष्ठ शाखाको प्रमाण पत्र बितरण गर्नुभएको थियो ।

मेचीनगर लेडी जेसीज देसभरिको उतकृष्ट शाखाको रुपमा पुरस्कृत हुदा आफुहरु निकै हर्सित भएको र यो पुरस्कारले मेचीनगर लेडिजेसीजलाई समाजका निमित्त कार्यहरु गर्न अझ बढी प्रेरणा मिलेको अध्यक्ष शोभा श्रेष्ठले बताउनुभयो ।

त्यस्तै लेडी जेसीजकी संस्थापक अध्यक्ष कविता शर्माले यो पुरस्कारले लेडिजेसीज परिवार गौरवान्वित भएको र अहिले सम्मको मेहनतको फल भएको बताउनुभयो । उहाले लेडी जेसीजलाई अगाडी बढ्न सहयोग पुर्याउने मातृ शाखा धुलाबारी जेसीज, बिभिन्न संघसंस्था, ब्यक्तित्व लगायत सबैमा आभार पनि ब्यक्त गर्नुभयो ।

Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर