Aamsanchar

मदिरा पिएर झगडा गर्दा हत्या

Author Image
बिहिवार, पौष १३, २०७४

काठमाडौँ, 

काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थानस्थित होटल आमादब्लममा मदिरा पिएर झगडा गर्दा भारत सिलिगुडी घर भएका ३५ वर्षीय आदित्य गुरुङको हत्या भएको छ ।

गए राति १२ बजे मदिरा सेवन गरी होटलका कर्मचारीसँग झगडा गर्दा सोही होटलका कर्मचारी डोनी शेर्पाले धारिलो हतियार प्रहार गर्दा गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । चक्कु प्रहारबाट गम्भीर घाइते गुरुङलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज सिनामंगल लगिएकामा उपचारका क्रममा मृत्यु भएको हो ।

महानगरीय प्रहरी वृत्त गौशालाका प्रहरी नायब उपरीक्षक अनुपम श्रेष्ठले घटनामा संलग्न पाँच जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जानकारी दिनुभयो । “खानेकुरा माग्दा नदिएपछि विवाद हुँदा गुरुङको हत्या गरिएको अनुसन्धानमा खुल्न आएको छ,”, उहाँले भन्नुभयो ।

Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर