Aamsanchar

मुर्चुङ्गे हाट बजार पुनः सञ्चालनमा

Author Image
शुक्रवार, पौष १४, २०७४

इलाम, 

नौ वर्ष अगाडिदेखि बन्द मुर्चुङ्गे हाट बजार पुनः सञ्चालनमा आउने भएको छ । जनप्रतिनिधि तथा स्थानीयवासीको पहलमा सो हाट बजार पुनः सञ्चालनमा आउने भएको हो । रोङ गाउँपालिका–५ मुर्चुङ्गे डाँडामा २०५५ देखि सञ्चालनमा आएको साप्ताहिक हाट बजार तीन वर्षपछि बन्द भएको थियो ।

हरेक मंगलबार लाग्ने उक्त हाट बजार पुनः सञ्चालन गर्न थालिएको रोङ–५ का वडाध्यक्ष युवराज राईले बताउनुभयो । बजार सञ्चालन गर्न जनप्रतिनिधि, समाजका नागरिक अगुवा, राजनीतिक दलका प्रतिनिधि र व्यापारीबीच सहमति भएको छ । रणबहादुर राईको अध्यक्षतामा ११ सदस्यीय बजार व्यवस्थापन समिति गठन गरिएको छ ।

पुस अन्तिमदेखि हाट बजार सञ्चालन गर्ने तयारी भइरहेको छ । उक्त स्थानमा बजार समितिको स्वामित्वमा अढाइ रोपनी जमिन र एउटा भवनसमेत रहेको छ । सो हाट बजारबाट रोङ–५ इरौँटार, रोङ–६ को जिर्मले, मेची नगरपालिका र बुद्धशान्ति गाउँपालिकाका नागरिकलाई फाइदा पुग्ने छ ।

Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर