Aamsanchar

बाटो निर्माण विवादमा वडाध्यक्ष घाइते

Author Image
शनिवार, पौष १५, २०७४

जाजरकोट,

सडक निर्माणको विषयमा विवाद हुँदा स्थानीयवासी युवाको कुटाइबाट भेरी नगरपालिका–७ का वडाध्यक्ष चन्द्रबहादुर शाही र उहाँका छोरा महेन्द्र शाही घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, जाजरकोटका प्रमुख भावेश रिमालले दिएको जानकारीअनुसार वडाध्यक्ष चन्द्रबहादुर शाहीले डिलबहादुर शाहीलाई सडक निर्माणका लागि जिम्मा दिनुभएको थियो ।

स्याउलीबजारदेखि पुन्मासम्म सडक निर्माण गर्ने जिम्मा डिलबहादुर शाहीलाई दिएपछि दीपेन्द्र शाहीलगायतका युवाले सो सडक आफूले निर्माण गर्न पाउनुपर्ने माग राखेर विवाद गरेका थिए ।

एक हप्तादेखि बढेको विवादले शनिबार वडाध्यक्ष चन्द्रबहादुर शाही र उहाँका छोरामाथि दीपेन्द्र शाहीको समूहले आक्रमण गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक रिमालले बताउनुभयो ।

भेरी नगरपालिकाबाट रु २८ लाखमा स्याउलीबजारदेखि पुन्मासम्म सडक निर्माणका लागि बजेट विनियोजन गरिएको थियो । घाइते वडाध्यक्षको उपचारका लागि अहिले नेपालगञ्ज लैजाँदै गरेको र आक्रमणकारी समूह फरार भएको प्रहरीले बताएको छ ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर