Aamsanchar

पहिरोले प्यूठानमा आठजनाको ज्यान लियो

Author Image
मङ्गलवार, असार २१, २०७३

                                                                                                      प्यूठान । गएराति पहिरोमा परी प्यूठानमा एकै परिवारका पाँच जनासहित आठ जनाको मृत्यु भएको छ ।

उत्तरी प्यूठानको रजवारा–३ मा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो ।downloadbdshh

स्थानीय दुर्गाबहादुर मल्लको घरमा पहिरो आउँदा उहाँसहित तीन छोरी र श्रीमतीको घटनास्थलमै मृत्यु भएको स्थानीय जोगिन्द्र मल्लले जानकारी दिएका छन ।

मृत्यु भएका मल्ल अन्दाजी ४५ वर्षीय हुनुहुन्थ्यो भने ४० वर्षीया श्रीमती सीता मल्ल, १० वर्षीया छोरी
सुशीला, ७ वर्षीया लेखा र डेढ वर्षीया सिर्जनाको पनि पुरिएर मृत्यु भएको हो ।

घटनास्थलमा उद्धारका लागि प्रमुख जिल्ला अधिकारी जनकराज पन्त नेतृत्वमा प्रहरी नायब उपरीक्षक रञ्जतसिंह राठोरसहित रेडक्रस तथा उद्धार टोली अग्लुङ पुगेको छ । रजवारा गाविसमा सडकको पहुँच नहँुदा अग्लुङबाट झन्डै दुई घन्टाभन्दा बढी हिँड्नुपर्ने हुन्छ । हाल पहिरोमा परेकाको शव फेला परेको प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर