Aamsanchar

विद्यालय स्थापना दिवस सम्पन्न

Author Image
बिहिवार, माघ १८, २०७४

[शान्तिराम बस्नेत]
शिवसताक्षी,


राष्ट्रिय रमणीय आदर्श मावि, दूधेले विद्यालय स्थापनाको ४८औं स्थापना तथा अभिभावक दिवस सम्पन्न गरेको छ । विद्यालयले आयोजना गरेको दिवसमा पुरुष अभिभावकका लागि हण्डीफोर कार्यक्रम तथा महिला अभिभावकका लागि म्युजिकल चियर्स खेल खेलाइएको थियो ।

त्यस्तै कक्षा १ देखि ३ सम्मका छात्र तथा छात्रा विद्यार्थीहरुका लागि ५० मीटर दौड, कक्षा ४ र ५ का लागि भाले जुधाई तथा भित्रीबाहिरी लगायतका खेलहरु खेलाइएको थियो । त्यस्तै कक्षा ६ देखि १० का विद्यार्थीहरुलाई अन्तर सदनात्मक खुल्ला नृत्य प्रतियोगिता गराइएको थियो ।

सोही अवसरमा गत भदौदेखि विद्यालयले सञ्चालनमा ल्याएको राष्ट्रिय रमणीय क्वीज स्टार–२०७४ को फाइनल समेत सम्पन्न भएको थियो । जसमा कक्षा ९ की अस्मिता राईले क्वीज स्टारको उपाधि जित्न सफल भएकी थिइन् भने कक्षा १० की अस्मिता बिष्टले फस्ट रनरअप कक्षा १० कै जीवन उप्रेती सेकेण्ड रनरअफ हुँदैं क्रमशः नगद रु. १ हजार ५ सय, १ हजार २ सय र १ हजारका साथै मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत भएका थिए भने कक्षा १० कै झलकनाथ आचार्य र नेहा साँवा चौथो र पाँचौं हुँदैं नगद रु. ७ सय र ५ सय जित्न सफलका थिए ।

उक्त नगद पुरस्कारको सौजन्य क्रमशः दुधेकै उमा कस्मेटिक पसल, वेलकम मोबाइल जोन, लक्ष्मी आल्मुनियम एण्ड स्टीलका प्रोपाइटर बाबुराम भट्टराई, रिजाल स्टेशनरीले गरेका थिए । उक्त प्रतियोगितामा विद्यालयमा अध्ययनरत ५० जना विद्यार्थीहरु मध्येबाट छनौट गरी टप पाँचमा पुग्न सफल विद्यार्थीहरुलाई ग्राण्ड फिनालेमा सहभागी गरिएको कुरा कार्यक्रम संयोजक गोविन्द काफ्लेले जानकारी दिए ।

त्यसैगरी नगर स्तरीय रनिङ शिल्ड उपाधि उचाल्नमा महत्वपूर्ण भूमिका खेलेका विद्यालयका शिक्षक शिक्षिकाका साथै विभिन्न कोचहरुलाई समेत प्रशंसा पत्रद्वारा सम्मान गरिएको थियो भने विद्यालयलाई १५ थान खेलकुद जर्सी सहयोग गर्ने गोर्खाली हर्ट नामक सामाजिक सञ्जाल समूहका विजय खुदाङ, सुरज रिङ्गालुङ्ग राई, योशा थेबे, रेनिजा क्षेत्री, मुना थेबे लगायतको संयोजनमा व्यवस्थापन गरि वितरण गरिएको थियो ।

विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष रतन थिङलाबोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक राजकुमार ठाकुर, गोर्खाली हर्टका सुरज रिङ्गालुङ राई, शिक्षक अभिभावक संघका अध्यक्ष राजकपुर ठाकुर, वडा नं. ११ का वडाध्यक्ष भैरव श्रेष्ठले मन्तव्य राखेका थिए भने पूर्व शिक्षक बलराम कडरियाले कविता वाचन गरेका थिए । दिवसको स्वागत मन्तव्य विद्यालयका प्रअ कालीप्रसाद रिजालको रहेको थियो भने कार्यक्रम सञ्चालन शिक्षकद्वय गोविन्द काफ्ले र टीकाराम बास्कोटाले गरेका थिए ।

Views: 32

प्रतिक्रिया (०)

सम्बन्धित खबर