बुद्धशान्ति,

शान्तिनगर मुनामदन एकाडेमी बुद्धशान्ति ४ बर्नेको २१ औ बार्षिकोत्सव शनिबार सम्पन्न भएको छ ।वार्षिकोत्सवको अवसर पारेर विद्यालयले विद्यार्थीका अन्तरनिहित क्षमतालाई प्रस्फुटन गर्ने उदेश्यले विभिन्न नृत्य, गायन, क्याट वर्क, फेसन सो लगायतका कार्यक्रमको आयोजना गरेको थियो । यसैगरी नेपालीले वैदेशिक रोजगारीमा भोग्नुपर्ने समस्यालाई फिल्ड एक्टको रुपमा विशेष प्रस्तुत गरेको थियो ।

यसैगरी विभिन्न जातजातिका भेषभुषा सहितको झाँकी समेत प्रस्तुत गरिएको थियो । साथै विद्यार्थीद्धारा १० वटा भाषामा उद्घोषण, विद्यार्थीद्धारा स्लो मार्चपास प्रदर्शन लगायतका कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट व्यक्तिलाई अवार्ड समेत वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल चेतन ढुङ्गेलले विद्यालयलाई विश्वास गरेर अहिलेसम्म साथ दिएकोमा धन्यवाद ज्ञापन गरे । साथै उनले विद्यार्थीहरुको शैक्षिक गुणस्तरका साथै अतिरिक्त क्रियाकलापमा समेत अब्बल बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे । उनले ३ महिनाका लागि जर्मनका टिचर डेरेन र अष्ट्रिलियन एड्रियनलाई भोलिन्टियरका रुपमा राखेको बताए ।

सोहि अवसरमा चारआली जेसीजका संस्थापक अध्यक्ष विष्णु रिमालले कक्षा ११ मा अध्ययनरत एक गरिब तथा जेहेन्दार विद्यार्थी पुजा तामाङलाई एक निशुल्क पढाइदिने घोषणा गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा पुर्व श्रोत व्यक्ति सूर्य ढुङ्नाको सभापतित्व तथा गाँउपालिकाका अध्यक्ष रमेशकुमार भुजेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मिरा भुर्तेल, बुद्धशान्ति ६ का वडाध्यक्ष शम्भु पौड्याल, ७ का वडाध्यक्ष मात्रिका पौडेल, ४ का वुद्धि जबेगु लिम्बु, गाँउ शिक्षा अधिकारी कमल निरौला, गडिगाँउ माविका व्यवस्थापन समितिका अध्यक्ष निलमणी न्यौपाने, शान्ति निकेतन बोडिङ स्कुलका प्रिन्सिपल उदयचन्द्र कोइराला, स्रोत व्यक्ति सूर्य सापकोटालगायतले बोलेका थिए ।
कार्यक्रममा प्याव्सनका जिल्ला समितिका पदाधिकारी, विभिन्न क्षेत्रका व्यक्ति, अभिभावक तथा स्थानीयको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत शिक्षक दुर्गा ढुङ्गेलले गरेका थिए ।

