Aamsanchar

मेचीनगर लेडि जेसीजको पद हस्तान्तरण सम्पन्न

Author Image
आइतवार, माघ २१, २०७४

धुलाबारी ।

मेचीनगर लेडी जेसीजको चौथो पद हस्तान्तरण कार्यक्रम शनिवार सम्पन्न भएको छ । धुलाबारी स्थित पासाङ ल्हामु स्मृति जेसीज प्रतिष्ठान (टाउनहल) मा एक कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण तथा विभिन्न विधामा २ जनालाई सम्मान गरिएको छ ।

कार्यक्रममा लेडि जेसीजका बर्ष २०१७ का अध्यक्ष शोभा श्रेष्ठले बर्ष २०१८ का अध्यक्ष सुनिता पनेरुलाई चेन हस्तान्तरण गर्दै औपचारिक रुपमा नया कार्यसमितिलाई कार्यभार सुम्पिएकी छन । कार्यक्रमका बीच नवनिर्वाचित अध्यक्ष पनेरुले संस्थाको विधान अनुसार महासचिवमा तुलसा दंगाल, कोषाध्यक्षमा मञ्जु खनाल, कानुनी सल्लाहकारमा उषा श्रेष्ठ र जनसम्पर्क अधिकारीमा गीता ओझालाई मनोनित गरिन ।

मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा ‘पर्शुराम सावित्री पदक’बाट बन्दना भण्डारी सम्मानित भइन । संस्थाका सदस्यहरुले बर्ष भरी गरेका गतिविधिको मुल्याङ्कन गरेर एक जना सदस्यलाई सो पदक प्रदान गरिन्छ । त्यसैगरी उत्कृष्ठ पदाधिकारीको रुपमा ‘जयन्ती बराल पदक’बाट तुलसा दंगाल सम्मानित भएकी छन ।

कार्यक्रममा मेचीनगर नगरपालिकाका उपप्रमुख मिना उप्रेती, नेपाली कांग्रेस क्षेत्रीय सभापति मणि उप्रेती, मेचीनगर ९ का वडाध्यक्ष गोपाल खड्का, १० का वडाध्यक्ष सुदय पनेरु, धुलाबारी जेसीजका अध्यक्ष नारायण खनाल, अग्रज पत्रकार चन्द्र भण्डारी लगायतको सहभागिता रहेको थियो । मेचीनगर लेडि जेसीज बर्ष २०१७ का अध्यक्ष शोभा श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा स्वागत मञ्जु खनाल तथा सञ्चालन सुनिता पनेरुले गरेका थिए ।

Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर