Aamsanchar

वडा अध्यक्षमा भण्डारी निर्वाचित

Author Image
आइतवार, माघ २१, २०७४
मेचीनगर,
नेकपा एमाले मेचीनगर ४ को वडा अध्यक्षमा प्रविण भण्डारी निर्वाचित भएका छन् ।  शनिवार मेचीनगर २ भृकुटीमा सम्पन्न निर्वाचनमा विष्णु सुवेदीलाई ४ मतको अन्तरले हराउँदैँ भण्डारी निर्वाचित भएका हुन् ।
भण्डारीले ४० मत प्राप्त गरेका थिए भने सुवेदीले ३६ मत पाएका थिए । सामाजिक क्षेत्रमा क्रियाशिल भण्डारी बाहुनडाँगी जेसीज वर्ष २०१८ का कोषाध्यक्ष समेत हुन् । पार्टीको उपाध्यक्षमा गोपाल निरौला ४९ मतका साथ निर्वाचित भएका छन् । निरौलाले उनका प्रतिस्पर्धी भीमप्रसाद बाँस्तोलालाई २२ मत अन्तरले पछि पार्दै निर्वाचित भए । बाँस्तोलाले २७ प्राप्त गरेका थिए ।
सचिव तिर्थ नेपाल ५१ मतका साथ निर्वाचित भए । उनले मनबहादुर खपाङीलाई २६ मत अन्तरले हराउँदै निर्वाचित भए । खपाङ्खीले २४ मत प्राप्त गरेका निर्वाचन संयोजक एवम् एमालेका पूर्व नगर अध्यक्ष दिपक भण्डारीले बताए । पार्टीको अन्य पदहरुमा सर्वसम्मत भएको थियो ।
पार्टीको सहसचिवमा लुसन तिवारी, सदस्यहरुमा चन्द्र तामाङ, तारा दाहाल, सीता सुनुवारलगायत सर्वसम्मत भएका छन् ।
Views: 178

प्रतिक्रिया (०)

सम्बन्धित खबर