Aamsanchar

तीन प्रतिभा पुरस्कृत

Author Image
आइतवार, माघ २१, २०७४

विर्तामोड।

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषले तीन प्रतिभालाई सम्मान तथा पुरस्कृत गरेको छ । संस्थाको १५ बार्षिकोत्सवमा आयोजित एक कार्यक्रमका बीच साहित्य र पत्रकारिता क्षेत्रमा सक्रिय तीनजनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

संस्थाले यस वर्ष विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सम्मानबाट बिराटनगर निवासी सोमराज अभय (कट्टेल) लाई सम्मान गरेको छ । त्यस्तै २०७३ सालमा प्रकाशित साहित्यिक कृतिमध्ये वर्षोत्कृष्ट कृतिमध्येबाट इति उपन्यासकी लेखिका उमा सुवेदीलाई र धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारबाट सुष्मा राजवंशीलाई पुरस्कार प्रदान गरेको हो । पुरस्कृत राजवंशी सनराइज एफएमकी समाचार प्रमुख हुन् ।

पुरस्कृत स्रष्टा तथा पत्रकारलाई प्रमुख अतिथि प्राध्यापक माधव भण्डारी, संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाई, अतिथिहरु चुडामणि रेग्मी, कोमलप्रसाद पोखरेल, कोषका संरक्षक खगेन्द्र प्रसार्इं लगायतले दोसल्ला, सम्मानपत्र र नगद राशी प्रदान गरेका थिए ।

दीर्घ साहित्य र कृति पुुरस्कारको राशी नगद २१ हजार रहेको छ भने पत्रकारिता पुरस्कारको राशी १५ हजार रहेको छ । पुरस्कृत अभयको व्यक्तित्वमाथि केशव आचार्यले, कृतिकी लेखिका सुवेदीको व्यक्तित्वमाथि इन्दु पूर्वेली र राजवंशीको व्यक्तित्वमाथि अम्बिका भण्डारीले प्रकाश पारेका थिए ।

पुरस्कार प्राप्त गर्ने व्यक्तित्वहरुको घोषणा छनौट समितिका संयोजक विष्णुकुमार भट्टराईले गरेका थिए । संस्थाका अध्यक्ष गोपीकृष्णको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि भण्डारी, संरक्षक खगेन्द्र प्रसाई, कोमलप्रसाद पोखरेल, चुडामणि रेग्मी, केदार शर्मा, पुरस्कृत प्रतिभाहरु अभय, सुवेदी, राजवंशी लगायतले मन्तव्य राखेका थिए । संस्थाका महासचिव छविलाल खतिवडाले स्वागत गरेको कार्यक्रमको सञ्चालन केशव भट्टराईले गरेका थिए ।

Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर