Aamsanchar

घुस लिएको अभियोगमा पक्राउ

Author Image
सोमवार, माघ २२, २०७४

काठमाडौँ, 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु ४० हजार घुस लिएको अभियोगमा जिल्ला कारागार सप्तरीका जेलर नासु कृष्णबहादुर दाहाललाई आज पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार कारागारमा रहेका कैदीबन्दीलाई स्थानान्तरण गरिदिने जनाउँदै घुस रकम मागेको भन्ने सूचनाका आधारमा आज कारागार रोडको मुरली चिया पसलबाट उनलाई पक्राउ गरी अनुसन्धान गरिएको आयोगले जनाएको छ ।

Views: 418

प्रतिक्रिया (०)

सम्बन्धित खबर