Aamsanchar

इलाम जिल्ला प्रशासन नवनिर्मित भवनमा

Author Image
बुधवार, माघ २४, २०७४

इलाम,

जिल्ला प्रशासन कार्यालय इलामको कामकाज नयाँ भवनबाट शुरु भएको छ । भवनको निर्माण कार्य पूरा भएसँगै आजदेखि नयाँ भवनबाट कामकाज शुरु गरिएको हो ।

विसं २०७२ वैशाख १२ गते आएको भूकम्पबाट पुरानो भवन बस्न नहुने गरी क्षति भएसँगै कामकाज प्रभावित भएको थियो । अब भने काम गर्न सहज हुने नागरिकता फाँटका अर्जुनजंग सिंजापतिले जानकारी दिनुभयो ।

रु तीन करोड ३० लाखको लागत बनाइएको यो भवनमा निर्माणका केही काम अझै बाँकी रहे पनि बस्न र काम गर्न मिल्ने भएपछि नयाँ भवनबाट काम शुरु गरिएको बताइएको छ ।  दुईतले यो भवनमा ११ कोठा र सुरक्षा गार्ड बस्ने घरसमेत छ ।

Views: 70

प्रतिक्रिया (०)

सम्बन्धित खबर