सुरुङ्गा ।
झापाको दमकमा पोखरीमा डुवेर एक व्यक्तिको मृत्यु भएको छ ।
मृत्यु हुनेमा दमक–१९ निवासी ४१ वर्षीय अर्जुन लिम्बू रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । वुधवार साझ घर नजिकैको पोखरीमा हात खुट्टा धुन गएका वखत उनी चिप्लिएर पोखरीमा डुवेको प्रहरीले जनाएको छ ।
पोखरीमा डुवे लगत्तै तत्काल उद्धार गरी उपचारका लागि स्थानीयले दमकमा रहेको स्थानीय अस्पतालमा लैजादै गर्दा उनको राति नै बाटैमा मृत्यु भएको बताइएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 148