झापा,

झापाको कनकाई नगरपालिका – ८ लक्ष्मीपूरस्थित भित्री सडक खण्डमा बिहिबार साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही ठाउँ निवासी ३५ वर्षीय होमनाथ न्यौपाने रहेका छन् । मे ६ प १८६९ नम्वरको मोटरसाइकलमा लक्ष्मीपूरबाट दक्षिण जाँदै गरेका उनलाई सोही दिशा तर्फ जाँदै गरेको लु १ ख ९१७८ नम्वरको ट्रकले ओभरट्याक गर्ने क्रममा मोटरसाइकललाई ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले जानकारी दिनुभयो ।

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित वीएण्डसी अस्पताल ल्याउने क्रममा न्यौपानेको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सम्लग्न ट्रक र चालकलाई इलाका प्रहरी कार्यालय घैलाडुव्वाले नियन्त्रणमा लिएको बताइएको छ ।

Views: 143

