Aamsanchar

सामुदायिक भवनका लागि महायज्ञबाट २२ लाख संकलन

Author Image
शुक्रवार, फागुन ११, २०७४

भक्तपुुर,

भक्तपुरको सूर्यविनायक नगरपालिकास्थित नंखेलमा बहुआयामिक भवन निर्माण गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद्भागवत ज्ञान महायज्ञबाट रु २२ लाख संकलन भएको छ ।

महायज्ञबाट संकलित रकमका साथै वडाद्वारा प्रदान गरिने सबै सरकारी सेवा उपलब्ध गराएर सामुदायिक भवन निर्माण गरिने उक्त नगरपालिकाको उक्त क्षेत्रका वडाध्यक्ष उपेन्द्र केसीले जानकारी दिनुभयो ।

रु ६० लाखको लागतमा निर्माण गरिने उक्त भवनका लागि नगरपालिकाका प्रमुख, उपप्रमुख, वडा अध्यक्षलगायत स्थानीयवासीले सहयोग गर्नुभएको र नपुग रकम नगरपालिका र वडा कार्यालयले व्यहोर्ने वडाध्यक्ष केसीले जानकारी दिनुभयो । पण्डित रामचन्द्र ढुंगानाले कथा वाचन गर्नुभएको महायज्ञ आजबाट समापन हुँदैछ ।

Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर