Aamsanchar

आगलागीमा पाँच लाख मूल्य बराबरको क्षति

Author Image
शुक्रवार, फागुन ११, २०७४

इटहरी, 

धरान उपमहानगरपालिका १८ स्थित घोपा क्याम्प अगाडि आन्टी होटलमा आज बिहान आगलागी हुँदा रु पाँच लाख मूल्य बराबरको क्षति भएको छ ।

डम्बरबहादुर लिम्बूको घरमा होटल सञ्चालन गर्दै आउनुभएका शान्त मगरको होटलमा रहेको खाना पकाउने एलपी ग्यास सिलिण्डर विस्फोट आगलागी भएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो ।

उक्त आगलागीमा परी अमृता लिम्बूु घाइते भएको र उहाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको पनि उहाँले जानकारी दिनुभयो । आगो निभाउने क्रममा उहाँको बायाँ हात जलेको छ ।

वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागीे नियन्त्रणमा लिएको थियो । आगलागी हुँदा तीन थान ग्यास सिलिण्डर विस्फोट हुनपुगेको पनि प्रहरी नायब उपरीक्षक पौडेलले जानकारी दिनुभयो ।

आगलागीमा परी छिमेकी टेकबहादुर सुन्दासको घरमा समेत नोक्सानी भएको थियो ।

Views: 164

प्रतिक्रिया (०)

सम्बन्धित खबर