Aamsanchar

शिक्षकद्धारा सेवा सुविधा सन्तोषजनक नरहेको गुनासो

Author Image
शुक्रवार, फागुन ११, २०७४

विर्तामोड ।

नेपाल शिक्षक महासंघका केन्द्रीय अध्यक्ष केशव निरौलाले शिक्षकको सेवा सुविधाहरु सन्तोषजनक नरहेको बताएका छन् ।

शिक्षक महासंघ झापाको प्रथम अधिवेशनको शुक्रवार विर्तामोडमा उद्घाटन गर्दै अध्यक्ष निरौलाले सरकारले दिएको सेवा सुविधाले शिक्षकलाई सन्तुष्ट पार्न नसकेको बताएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका अध्यक्ष निरौलाले बाल शिक्षक, अस्थायी, राहत र कर्मचारीहरुको समस्यलाई उचित रुपमा सम्बोधन गरेर सबैको अधिकरलाई समान बनाउन सकेमा मात्र शैक्षिक गुणस्तर हुने बताए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका निरौलाले शैक्षिक गुणस्तर खोजेर मात्र नहुने बताउँदै शिक्षकका सेवा सुविधामा समेत सरकारले उचित व्यवस्थापन गर्नु पर्ने बताए

शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चौलागाईको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराल, विर्तामोड नगर समितिका अधिकृत युवराज पाण्डे, शिक्षक संघका केन्द्रीय उपाध्यक्ष गोकर्ण बानियाँ, शिक्षक महासंघक सदस्य नारायणप्रसाद गौतम, केशव ओझा, रमाकान्त चौधरी, शिक्षक महासंघ इलामका अध्यक्ष अध्यक्ष पूर्णप्रसाद गौतम, राहत संघर्ष समितिका अध्यक्ष श्याम दाहल, अस्थायी शिक्षक संघर्ष समितिका अध्यक्ष राजेन्द्र पसाई, एन्टो झापाका अध्यक्ष कपिलदेव तिम्सिना, शिक्षक संघ झापाका अध्यक्ष नेत्रप्रसाद गौतम, शिक्षक संगठन झापाका अध्यक्ष कृष्ण अधिकारी, शिक्षक युनियन झापका पूर्व अध्यक्ष बुद्धिमान कार्की, सिताराम अधिकारीलगायतले शिक्षकको हक र अधिकारका लागि सधै कटिबद्ध भएर लाग्ने प्रतिबद्धता जनाएका थिए ।

शिक्षक महसंघ झापाका अध्यक्ष तेजप्रसाद चौलागाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव उमेश शाहुले गरेका थिए ।

Views: 153

प्रतिक्रिया (०)

सम्बन्धित खबर