Aamsanchar

इडन गार्डेनको २९ औ बार्षिक उत्सब सम्पन्न

Author Image
शुक्रवार, फागुन ११, २०७४

बिर्तामोड,

झापाको बिर्तामोड–४ मा रहेको इडन गार्डेन एजुकेशन फाउण्डेसनले आफनो २९ औ बार्षिक उत्सब बिभिन्न कार्यक्रम गरि शुक्रबार सम्पन्न गरेको छ । बिद्यालयका प्रिन्सिपल मोहन आचर्यको सभापतित्व तथा बिर्तामोड नगरपालिका शिक्षा शाखाका उपसचिब युवराज पाण्डेको प्रमुख आतिथ्य र एन प्याब्सन झापाका अध्यक्ष तथा इस्टहोराईन बोर्डिङ स्कुलका संस्थापक प्रिन्सिपल सन्जिब राईको बिशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा बोल्दै, प्रमुख अतिथी पाण्डेले, नीजि बिद्यालयले शिक्षामा पुर्याएको योगदानको प्रसम्सा गरे । उनले भने,‘शिक्षामा किताबी ज्ञान भन्दा प्रयोगात्मक शिक्षालाई जोड दिनुपर्छ ।’ जिल्लाका प्रत्येक बिद्यालयले कम्प्युटर शिक्षाको थालनी गरिसकेको बताउँदै, कम्प्युटर शिक्षा, शिक्षाको माध्यम हैन् अव पाठ्यक्रमकै रुपमा प्रयोग गर्न आवश्यक रहेको बताए । उनले बिर्तामोडको सबै बिद्यालयको गुणस्तर सुधारका लागि काम गर्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

बार्षिक उत्सबको अवसरमा इडन गार्डेन एजुकेशन एकाडेमी बिर्तामोडले टिका–रत्न पत्रकारिता पुरस्कार पत्रकार कृष्ण हुमागाईलाई प्रदान गरेको छ । पुरस्कारको राशी एघार हजार १११ रहेको छ । विद्यायलका संस्थापक प्रिन्सिपल मोहन आचार्यले आफ्ना बुबा–आमाको नाममा उक्त पुरस्कार तीन बर्ष अघि स्थापना गरिएको हो । पहिलो पटक सो पुरस्कार पत्रकार राजेन्द्र गौतम र गत वर्ष एकराज गिरीले पाएका थिए । इडनले हरेक वर्ष फागुन ११ गते प्रदान गर्ने गरेको छ । भानुभक्त आचार्य साहित्य रत्न पुरस्कार झापाली साहित्यकार मोहनप्रसाद घिमिरेलाई प्रदान गरियो ।

सो पुरस्कारको राशी पनि एघार हजार १११ छ । प्रत्येक वर्ष एक जना झपाली सहित्यकारलाई प्रदान गर्ने गरिएको छ । इडनले २९ औँ वार्षिक साधारणसभाका अवसरमा दुवै पुरस्कार एकसाथ प्रदान गर्ने गरेको छ । फागुन १२ गते इडनको स्थापना दिवस हो । यसै अवसरमा एसईईमा ए प्लस ल्याउन सफल ७ जना विद्यार्थीलाई पुरस्कृत गरियो । उनीहरुलाई नगद ५ हजार रुपैयाँ दिइएको छ ।

विद्यालयले गत वर्षको एसईई परीक्षामा जिल्लामा प्रथम स्थान हात पारेको विद्यालयका संस्थापक प्रिन्सिपल आचार्यले बताए । बिद्यालयका संस्थापक समिक्षा सिटौला(आचर्य) ले स्वागत गरेको कार्यक्रममा बिशेष अतिथी राई, अविभावकको तर्फबाट धर्मेन्द्र भट्टराई(मामा) लगायतले मन्तब्य राखेका थिए । बिद्यालयका बिद्यार्थीहरुले बिभिन्न गीत, नृत्य र विलियम सेक्सपीयरको नाटक ‘किङ लियर’ नेपाली र अग्रेजीमा प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन बिद्यालयका शिक्षक तीर्थ दाहालले गरेका थिए ।

Views: 340

प्रतिक्रिया (०)

सम्बन्धित खबर