Aamsanchar

जंगली हात्तीको आक्रमणबाट दुईको मृत्यु

Author Image
शनिवार, फागुन १२, २०७४

झापा, 

झापाको बिर्तामोड नगरपालिका – ७ मा आज जंगली हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड नगरपालिका – ३ मियाबारी निवासी ७० वर्षीय च्याङ्ग्रा राजवंशी र बिर्तामोड नगरपालिका – ७ निवासी ७० वर्षीय लसुने मियाँ रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ ।

घर नजिकैको दुन्दर निचाझोडा सामुदायिक वनमा दाउरा खोज्न गएका उनीहरुलाई आज दिउँसो १२ बजे जंगली हात्तीले लछारपछार पार्दै खुट्टाले कुल्चिएर मारेको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्ण कोइरालाले बताउनुभयो ।

Views: 128

प्रतिक्रिया (०)

सम्बन्धित खबर