Aamsanchar

सहसम्पादक बानियाँ पुरस्कृत

Author Image
शनिवार, फागुन १२, २०७४

धुलावारी ।

गृहलक्ष्मी वचत तथा ऋण सहकारी पत्रकारित पुरस्कार लोकतन्त्र पोष्टका सहसम्पादक देबु बानियाँलाई प्रदान गरिएको छ ।

शनिवार आयोजित संस्थाको नवौँ वार्षिकोत्सव तथा भवन उद्घाटन समारोहको अवसर पारेर पत्रकार बानियाँलाई सम्मान पत्र दोसल्ला र नगदसहित पुरस्कृत गरिएको थियो ।

साथै पत्रकार पत्नि सरस्वती बानियाँलाई समेत सम्मान गरिएको थियो । पत्रकारित क्षेत्रमा प्रोत्साहन गर्न घर परिवारको महत्वपूर्ण योगदान रहेको भन्दै श्रीमती बानियाँलाई प्रोत्सान स्वरुप सम्मान गरिएको थियो । उक्त पुरस्कार उनीहरुलाई सयुक्त रुपमा प्रदान गरिएको थियो ।

एक दशकदेखि पत्रकारितामा क्रियाशील बानियाँ शिक्षा, सहकारी, खेलकुद तथा ग्रामीण परिवेशका विषयमा कलम चलाउँछन् । जनसंसद दैनिकबाट पत्रकारित सुरु गरेका बानियाँ हाल शुभदिन अनलाइनमा समेत अबद्ध छन् । उनी बालकल्याण माविका शिक्षक समेत हुन् ।

Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर