Aamsanchar

महिला पत्रकार सम्मानित

Author Image
आइतवार, फागुन १३, २०७४

काठमाडौँ, 

अशक्तताका बाबजुद पनि पत्रकारिता क्षेत्रमा दुई दशक लामो पत्रकारिता गर्दै आउनुभएकी महिला पत्रकार प्रवीणा गोलेलाई आदिवासी जनजाति पत्रकार महांघले शनिबार सम्मान गरेको छ ।

एक सय आठौँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजित कार्यक्रममा राष्ट्रिय सूचना आयोगका आयुक्त यशोद्धा तिमिल्सिनाले उहाँलाई सम्मान गर्नु भएको हो । स्वास्थ्यका कारण प्रवीणा उपस्थित हुन नसकेकाले उक्त सम्मान उहाँकी दिदीलाई प्रदान गरिएको थियो ।

कार्यक्रममा लामो समय पत्रकारिता गर्नुभएका महिला आदिवासी पत्रकार अनिता महर्जन तथा मोफसलका पत्रकार लोकसरी कुँवरलाई पनि सम्मान गरियो ।

सो अवसरमा आयुक्त तिमिल्सिनाले ‘मिसापिनी सुविधा सूचं’ नामक नेपाल भाषाको पुस्तक पनि विमोचन गर्नुभयो । उहाँले पत्रकारले सत्यतथ्यमा आधारित पत्रकारिता गर्नुपर्ने उल्लेख गर्दै समयको परिवर्तनसँगै महिला पत्रकारमा चुनौती थपिएको चर्चा गर्नुभयो ।

Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर