Aamsanchar

‘युवाशक्ति पलायन हुने खतरा’

Author Image
मङ्गलवार, फागुन १५, २०७४

अर्जुनधारा।

सिञ्चाई विकास डिभिजन कार्यालय झापाका प्रमुख ईश्वरीप्रसाद तिवारीले युवा र प्रौढ कृषकहरुलाई एक ठाउँमा राखेर कृषि तालिम प्रदान गरिएन भने युवा शक्तिहरु कृषिबाट पलायन हुने बताएका छन् ।

अर्जुनधारा–४स्थित सिंहबाहिनी मन्दिरको सभाहलमा सहभागी कृषकहरुलाई प्रमाणपत्र वितरण गर्दै प्रमुख अतिथि तिवारीले त्यस्तो बताएका हुन् । कार्यक्रममा प्रशिक्षण प्रदान गर्दै मानबहादुर कार्कीले कृषक हुनमा गौरव मान्दै वैज्ञानिक कृषि कार्यक्रममा ध्यान नपुर्याए अग्र्यानिक सब्जी खानबाट नेपाली जानता टाढा हुने बताए ।

सिञ्चाई जल उपभोक्ता संस्थाका विष्णुप्रसाद खतिवडा, वेदनिधि चौलागाईं, शिवराम पौडेल, हर्कबहादुर राई लगायत अगुवा कृषकहरुले तालिममा सहजीकरण गरेका थिए । टाङटिङ कालिखोल सिञ्चाईका अध्यक्ष दीपेन्द्र पौडेलको सभापतित्वमा भएको कार्यक्रममा सहभागी गीता गिरी, आशा राई मन्तव्य राखेका थिए ।

यसरी नै सिञ्चाई जल उपभोक्ता महासंघ झापाले पुस ९ गते विरीङ खोला मूलपैनी बुधबारे, पुस १३देखि १५ सम्म बेतनी सिञ्चाई जल उपभोक्त दमक, पुस १८ देखि २० गतेसम्म हँडिया रेगुलेटर जल उपभोक्ता संस्था मेचीनगर, पुस २३ गते भुतेनी खोला जल उपभोक्ता संस्था हल्दिबारी, माघ ७ गते हँडिया दामा राजपैनी जल उपभोक्ता संस्था बुद्धशान्तिमा यस अघि नै तालिम सम्पन्न गरिसकेको जल उपभोक्ता महासंघका महासचिव मानबहादुर कार्कीले बताए ।

Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर