Aamsanchar

बलात्कारीलाई आठ वर्ष कैद

Author Image
मङ्गलवार, फागुन १५, २०७४

इलाम, 

बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका इलाम चुलाचुली–९ का २७ वर्षीय राजमान भनिने राजु लिम्बूलाई जिल्ला अदालत इलामले आठ वर्ष कैद सजाय सुनाएको छ ।

जिल्ला न्यायाधीश इन्द्रकुमार चोङटेन्लीको इजलासले मुलुकी ऐन जबर्जस्तीकरणी महलको ३ (२) बमोजिम लिम्बूलाई आठ वर्ष कैद र रु २५ हजार पीडितका नाममा क्षतिपूर्ति भराउने आदेश दिएको जिल्ला अदालतका स्रेस्तेदार जगदीश्वर भट्टराईले जानकारी दिनुभयो ।

१३ वर्षीया एक बालिकालाई २०७३ साल चैत २६ गते बलात्कार गरेको आरोपमा लिम्बूलाई प्रहरीले गत वैशाख २ गते पक्राउ गरेको थियो ।

Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर