Aamsanchar

सामाजिक सञ्जाल दुरुपयोग गर्ने पक्राउ

Author Image
बुधवार, फागुन १६, २०७४

दाङ, 

सामाजिक सञ्जाल फेसबुकमार्फत बिना प्रसंग शान्ति सुरक्षामा खलल पुग्ने र व्यक्तिको चरित्र हत्या हुने गरी गलत कुरा सम्प्रेसण गर्ने एक युवालाई दाङ प्रहरीले आज पक्राउ गरेको छ ।

श्री ५ भण्डारी सरकारको नामबाट फेसबुक खोली विभिन्न व्यक्तिको चरित्र हत्या हुने गरी गलत स्टाटस लेखेको भन्दै तुलसीपुर उपमहानगरपालिका– १ का आकाश भण्डारीलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरेको हो ।

तुलसीपुरमा सामाजिक सञ्जालमार्फत गलत कुरा प्रवाह गरेको अभियोगमा युवकलाई पक्राउ गरिएको यो पहिलो घटना भएको प्रहरीले जनाएको छ ।

Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर