Aamsanchar

दुर्घटनामा एकको मृत्यु,एक घाइते

Author Image
शनिवार, फागुन २६, २०७४

झापा, 

झापाको चारपानेस्थित पूर्वपश्चिम राजमार्गमा आज बस र टेम्पो ठोक्किइ दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दमक नगरपालिका–१५ का ४० वर्षीय कमलकुमार मगर रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख २६८६ नं.को सगरमाथा यातायात बसले विपरीत दिशाबाट आउँदै गरेको मे १ ह २७१० नं.को टेम्पोलाई ठक्कर दिँदा दुर्घटना भएको हो ।

दुर्घटना हुँदा टेम्पो चालक दमक–१५ का ५१ वर्षीय चन्द्रबहादुर.मगर, टेम्पोमा सवार दमक–१० कमलकुमार मगर घाइते भएका थिए । बिर्तामोड स्थित बीएण्डी अस्पतालमा उपचारको क्रममा कमलकुमारको मृत्यु भएको हो भने चन्द्रबहादुरको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मृतकको शव कानूनी प्रक्रिया पूरा गरी पोष्टमार्टमका लागि दमक अस्पताल पठाएइको र टेम्पो, बस र बस चालक मेचीनगर–७ का ५६ वर्षीय अशोक श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर