Aamsanchar

सुरुङ्गाका युवाले बुधबारेमा खोले जेन्स पार्लर

Author Image
शुक्रवार, चैत २, २०७४

बुधबारे ।

झापा सुरुङ्गाका पाँच जना युवाहरुले बुद्धशान्ति ३ बुधबारे बजारमा सुविधा सम्पन्न जेन्स पार्लर शुक्रबारबाट सञ्चालनमा ल्याएका छन् ।

सुदिप भण्डारी, रमेश ढकाल, मनोज सापकोटा, प्रशान्त भण्डारी र पिन्स ठाकुर मिलेर ¥यापिड्स जेन्स पार्लर सञ्चालनमा ल्याएका हुन् । आफूहरुले ग्राहकको सन्तुष्टिलाई मुख्य लक्ष्य बनाएर आधुनिक ढंगबाट सेवा प्रारम्भ गरेको सञ्चालक मध्येका एक सुदिप भण्डारीले जनाएका छन् । पार्लरमा उनीहरुले ३ जनालाई रोजगारी दिएका छन् ।

समाजमा युवाहरु रोजगारी सृजना गर्न नसकेर विदेश पलायन भईरहेको सन्दर्भमा स्वदेशमै रोजगारीका अवसर यत्रतत्र छन् त्यसैले रोजगारी दिने नयाँ सम्भावना खोज्नुपर्छ र त्यहि सम्भावनाहरु केलाउँदा केलाउँदै बुधबारेमा जेन्स पार्लर खोलिएको सञ्चालक भण्डारीले जनाएका छन् ।सस्तो दरमा गुणस्तरीय सेवा प्रदान गर्ने बताइएको सो पार्लरले एसी रुमबाट स्तरीय सेवा प्रदान गर्न थालेको छ ।

बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष रमेश भुजेलले उद्घाटन गरेको सो पार्लरका सञ्चालकहरुले चाँडै नै झापाको अर्को स्थानमा पनि पार्लर सञ्चालन गर्ने र १० बर्ष भित्र झापाका सबै शहरमा शाखा स्थापना गरेर सेवा प्रारम्भ गर्ने सञ्चालक भण्डारीले जनाएका छन् ।

रमेश ढकालको सभापतित्व तथा बुद्धशान्ति गाउँपालिकाका अध्यक्ष भुजेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उद्योग वाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिका अध्यक्ष रुद्ध चापागाई, नेपाली काँग्रेसका पूर्व उपसभापति देउमान थेवे, इप्रका बुधबारेका प्रमुख पदमसुन्दर लावती, उद्योग वाणिज्य संघ शाखा कार्यालय बुद्धशान्तिका निर्वतमान अध्यक्ष गोविन्द पौड््याल, बुधबारे जेसीजका महासचिव चन्द्र कटवाल लगायतको आतिथ्य रहेको थियो ।

Views: 147

प्रतिक्रिया (०)

सम्बन्धित खबर