झापा ।

अर्जुनधारा नगरपालिका शिक्षा शाखाको आयोजना र अक्सफोर्ड एकाडेमिक सेन्टर प्रालि बिर्तामोडको सहजीकरणमा यहाँ आजदेखि दुई दिने विज्ञान प्रयोगात्मक प्रशिक्षण तालिम शुरु भएको छ ।

शनिश्चरे माविका प्रधानाध्यापक भैरवप्रसाद पौड्यालको अध्यक्षतामा आयोजित कार्यक्रमको प्रमुख अतिथि अर्जुनधारा नगरपालिकाका उपप्रमुख कमला खतिवडा आचार्यले रहेकी थिइन् ।
सो अवसरमा तालिमको औचित्य प्रष्ट्याउँदै अक्सफोर्ड एकाडेमीका प्रबन्ध निर्देशक केशव मैनालीले महङ्गो भनिएको विज्ञान प्रयोगात्मक शिक्षा स्थानीयस्तरमा रहेका स्रोत साधनहरुको प्रयोग गरेर पनि प्रदान गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले तालिम आयोजना गरिएको बताए तीर्थराज ढकाल प्रशिक्षक रहेको कार्यक्रममा नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालय अन्र्तगतको आधारभूत र माध्यमिक तहका विज्ञान विषय अध्यापन गराउने ३८ जना शिक्षकको सहभागिता रहेको छ ।

तालिम कार्यक्रमअन्र्तगत सहभागीहरुलाई भौतिक विज्ञान, रसायनिक विज्ञान र जीव विज्ञानका ३१ वटा अभ्यास गरिने जनाइएको छ । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख जानुका गुरागाईं, नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख पवित्रादेवी बाँस्कोटा, अक्सफोर्डका कार्यक्रम संयोजक सुलभ मैनालीलगायतले पनि तालिमबारे आफ्ना धारणा राखेका थिए ।
संस्थागत विद्यालय संगठन नगरका संयोजक रुद्रप्रसाद सिटौलाले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सरोज पौड्यालले गरेका थिए ।

