Aamsanchar

‘संविधान संशोधन नभए द्वन्द्व बढ्ने खतरा’

Author Image
मङ्गलवार, चैत ६, २०७४

लहान, 

नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराईले संविधान संशोधन नभए मुलुकमा अर्काे द्वन्द्वको बीउ रोपिने खतरा रहेको बताउनुभएको छ ।

प्रदेश नं १ र २ का कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमका लागि लहानमा रहनुभएका पूर्वप्रधानमन्त्री डा भट्टराईले आज बिहान आयोजित पत्रकार सम्मेलनमा संविधानप्रति मधेशी जनताको तीव्र असन्तुष्टि रहेकाले यसलाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

मधेशी दलका नेतामा अवसरवादी प्रवृत्ति देखिएको आरोप लगाउँदै उहाँले संविधान संशोधन गराउने विषय बोकेर जनताबाट पाएको मतको कदर गर्न उहाँले सुझाव दिनुभयो ।

यसअघि आज बिहान डा भट्टराईले लहानस्थित शहीद उद्यान पुगेर मधेस आन्दोलनको पहिलो शहीद रमेश महतोलगायत शहीदको शालिकमा माल्यार्पण गर्नुभएको थियो ।

Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर