Aamsanchar

चीनलाई दुई जोडी गैँडा दिइने सरकारको निर्णय

Author Image
आइतवार, असार २६, २०७३

काठमाण्डौं ।index

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले चीन सरकारलाई दुई जोडी वयस्क गैँडा उपलब्ध गराउने निर्णय गरेको छ । चीन सरकारको आग्रहमा वन तथा भूसंरक्षण मन्त्रालयले गैँडा उपलब्ध गराउन लागेको हो ।

प्राकृतिक प्रजनन, अध्ययन, अनुसन्धान संरक्षण र शिक्षा प्रवद्र्धनका लागि दुई दुई भालेपोथी उपलब्ध गराइने सूचना तथा सञ्चारमन्त्री राईले बताए ।

 

त्यस्तै सरकारले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान (सुनसरी) लाई विशिष्ट स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक यान्त्रिक औजार खरिद गर्न २० करोड थप पुँजीगत अनुदान उपलब्ध गराउने निर्णय गरेको छ ।

 

बैठकले नेपाल कानुन आयोगका अध्यक्षमा पूर्वसचिव माधव पौडेललाई नियुक्त गर्ने तथा इन्जिनियरिङ क्लस्टरबाट रामानन्दप्रसाद यादवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।

 

नेपाली सेनाका १० प्रमुख सेनानीलाई महासेनानीमा बढुवा गरी पदस्थापन गर्नाका साथै १६ महासेनानी दर्जाका अधिकृतलाई विभिन्न एकाइमा सरुवा गर्ने निर्णय समेत भएको छ ।

Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर