Aamsanchar

सुन ठग्ने गिरोह पक्राउ

Author Image
सोमवार, असार २७, २०७३

इटहरी ।

पूर्वी नेपालका विभिन्न जिल्लाका सहरमा सोझा सिधा महिला तथा पुरुषलाई पेय पद्धार्थ खुवाई लट्याएर र सुनको ढिक्का खसेको बहाना बनाएर धेरै सुन लगाएका महिलालाई ठग्ने गरेको अभियोगमा तीन जनालाई पक्राउ गरिएको छ ।

इलाका प्रहरी कार्यालय इटहरीले इटहरी धरान दमकलगायतका स्थानमा एक दर्जनबढी मानिसलाई ठगी गरिसकेको अभियोगमा मोरङ उर्लाबारीका ४९ वर्षीय सन्तोष श्रेष्ठ र उनकै भाइ ४० वर्षीय राजकुमार श्रेष्ठ र सुनसरी बबिया निवासी २० वर्षीया सञ्जु शर्मालाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक ओमप्रसाद शर्माले पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।

पक्राउ परेका तीनै जनाले अपराध स्वीकार गरेको र उनीहरुले प्रयोग गर्ने गरेको सुनको नमुना समेत बरामद भएको पनि प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिनुहुँदै उनीहरुलाई ठगी र लुटपाट अपराध ऐनअन्तर्गत कारबाही हुने बताउनुभयो ।

उनीहरुको योजनामा परेर ठगीमा परेका र लुटिएका आधा दर्जन मानिसले समेत आफूहरुलाई लुटपाट गर्ने र ठगी गर्ने यिनै हुन भनेर पहिचान समेत गरिसकेको तथा उनीहरुलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी हिरासतमा राखेर कारबाही अघि बढाइएको बताइएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर