बुधबारे ।
खेलाडी ओसारप्रसारमा व्यस्त एम्बुलेन्स बुधबारेमा पक्राउ परेको छ । अर्जुनधारा नगरपालिका १ स्थित हचुमासा सामुदायिक वनको एम्बुलेन्स आइतबार साँझ खेलाडी वोकेर खुदुनावारी तर्फ जाँदै गर्दा इलाका प्रहरी कार्यालय बुधबारे नजिकबाट प्रक्राउ परेको हो ।
मे १ च १४५१ नम्बरको एम्बुलेन्सले खुदुनावारीबाट भलिवल खेल्न बुधबारे आउने खेलाडीहरुलाई विगत केही दिन देखि ओसारप्रसार गर्दै आएको समेत खुलेको छ ।
आइतबार साँझ एम्बुलेन्स भित्र खेडाली कोचेर हालेको अवस्थामा एम्बुलेन्स प्रक्राउ परेको ट्राफिक प्रहरी पोष्ट बुधबारेका प्रमुख चन्द्र राउतले जनाएका छन् । एम्बुलेन्स चालक वालकुमार फुँयालले एम्बुलेन्समा खाँदी खाँदी भलिवल खेलाडी कोचेर हालेका थिए ।
प्रहरीले पक्राउ गरेपछि चालक फुँयालले दुईदिन खेलाडी ओसारेको स्विकार गर्दै अब यस्तो नगर्ने बताए । चालक फुँयालले एम्बुलेन्सले खेलाडी बोक्ने गरेको सामुदायिक वनका अध्यक्ष सहित सम्पूर्ण कार्य समितिलाई जानकारी भएको बताएका छन् ।
यता ट्रार्फिक प्रहरी पोष्ट बुधबारेका प्रमुख राउतले एम्बुलेन्सलाई कानुनी कार्वाही गरिने जनाएका छन् । एम्बुलेन्स हाल इलाका प्रहरी कार्यालय बुद्धशान्तिको नियन्त्रणमा छ ।