Aamsanchar

नीलगाईको बाछो समातियो

Author Image
मङ्गलवार, असार २८, २०७३

काँकडभिट्टा (झापा) ।

झापाको खजुरगाछी–५ को आठमौजा चिया बगानमा जङ्गली नीलगाईको बाछो सोमबार समातिएको छ ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गर्दा आठमौजा चिया बगानको लहरामा अल्झिएपछि स्थानीयवासीले देखेर प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल गौरीगन्ज र स्थानीयवासीको सहयोगमा बाछो समातिएको हो । इलाका वन कार्यालय बेलडाँगीलाई जानकारी गराएपछि वनको टोलीले नीलगाईको बाछा भनी प्रमाणित गरेको थियो ।

सो नीलगाईको बाछोलाई जामुनखाडी सिमसारतर्फ लगिएको इलाका वन कार्यालयका सहायक वन अधिकृत पर्शुराम ठाकुरले बताउनुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर