काठमाडौ ।
गृहमन्त्रालयले एकै पटक ठूलो सङख्यामा प्रमुख जिल्ला अधिकारीलाई सरुवा गरेको छ ।
गृहले सरुवा गरेसंगै झापामा नयाँ सिडियो आउने भएका छनु । झापामा रहेका ऋषिराम तिवारीको स्थानमा जनकराज दाहाल नयाँ सिडियोको रुपमा आउने भएका छन् । बुधवार गृहमन्त्रालयले देशभरका ६० जना प्रमुख जिल्ला अधिकारीलाई पनि सरुवा गरेको गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए।
प्रवक्ता सुवेदीका अनुसार दाहाललाई झापा सिडियो कार्यलयमा सरुवा गरिएको छ। त्यस्तै जितेन्द्र बस्नेतलाई चितवन पठइएको छ।
गृहमन्त्रालयका सहसचिव झंकनाथ ढकाललाई लमजुङ पुर्याइएको जनाइएको छ । देश संघियसंरचनामा गएसंगै नयाँ सरकारले विभिन्न सरकारी निकायमा रहेका कर्मचारी सरुवालाई तिब्रता दिएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 260