Aamsanchar

गाउँपालिकाले सोध्यो स्वास्थ्यकर्मीलाई स्पष्टीकरण

Author Image
शुक्रवार, वैशाख १४, २०७५

राजगढ ।

इलाका स्वास्थ्य चौकी राजगढमा विद्यार्थीले सेवाग्राहीको स्वास्थ्य परीक्षण गरिरहेको समाचार पूर्वाञ्चलले सार्वजनिक गरेपछि बाह्रदशी गाउँपालिकाले त्यहाँ कार्यरत् स्वास्थ्यकर्मीलाई स्पष्टीकरण सोधेको छ ।
विद्यार्थीको भरमा स्वास्थ्य चौकी छोडेर सेवा नै प्रभावित भएपछि यसअघि समाचार सार्वजनिक गरेको थियो । समाचार सार्वजनिक भए लगत्तै गाउँपालिकाका कार्यकारी अधिकृत तुलसीप्रसाद नेपालले स्वास्थ्यचौकी प्रमुख खेमराज साहसहित सबै स्टाफलाई लिखित स्पष्टीकरण माग गरेको बताइएको छ ।
स्वास्थ्य संस्थामा भएको कमजोरीका विषयमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामकुमार साहलाई सत्य–तथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न कार्यकारी अधिकृतले निर्देशन दिएका थिए । निर्देशन बमोजिम साहले इलाका स्वास्थ्य चौकी राजगढमा बिद्यार्थीको भरमा स्वास्थ्य संस्था चलेको प्रतिवेदन बुझाएपछि गाउँपालिकाले पुनः स्थलगत अनुगमन गर्दै कार्यकारी अधिकृत नेपालले आगामी दिनमा सेवालाई चुस्तदुरुस्त राख्न कर्मचारीलाई निर्देशन दिएका थिए ।
यता स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका बाह्रदशी गाउँपालिका वडाअध्यक्ष यादव मिश्रले काज सरुवा भएर अन्यत्र गएका अनमीलाई पनि फिर्ता बोलाइएको बताएका छन् । उनले काज सरुवा भएर गएका अनमीको तलब रोकेपछि उनीहरु इलाका स्वास्थ्य चौकी राजगढ फर्किएको बताए ।
स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर समेत सञ्चालनमा रहेकाले जनशक्ति अभाव भएकाले थप एक जना अनमीलाई नियुक्तिका लागि विज्ञापन गरेको बताएका छन् । स्वास्थ्य संस्थामा क्रमिक रुपमा सेवा सुध्रदँै गएको बताउँदै अध्यक्ष मिश्रले भने दरबन्दी अनुसारका चिकित्सक नभएका कारण यहाँ समस्या भएको हो ।

दरवन्दी छ , स्वास्थ्यकर्मी छैनन् ! विद्यार्थीको भरमा स्वास्थ्य चौकी सञ्चालन

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 229

प्रतिक्रिया (०)