Aamsanchar

दुई दलित परिवार बहिस्करणमा,भातपानी काटियो

Author Image
शुक्रवार, असार ३१, २०७३

महोत्तरी ।

जिल्लाकै एक ग्रामीण बस्तीमा दलित समुदायमा दुई दलित परिवारको भातपानी काटिएको छ ।

भातपानी काटिएकोमा एकडारा बेला–५ का झगरु पासमान र सोही ठाउँ निवासी उगनारायण पासमानको परिवार रहेका छन् ।

विगत पाँच वर्षदेखि भात पानी काटिएका स्थानीय सुरेश पासमानलाई समाजमा मिलाउनु होस् भनेपछि यिनीहरुलाई पनि बहिस्करणमा पारिएको दुवै परिवारको गुनासो छ । उनीहरु गाउँमा आफ्नो जग्गासम्बन्धी विवाद समेत अदालतमा चल्दै गरेकाले पनि विपक्षीले समाजलाई उक्साएर आफूहरुलाई बहिस्करणमा पारेको आरोप लगाउँछन् ।

उगनारायण पासमानकी श्रीमती सोशिला देवीका अनुसार हप्ताको प्रत्येक शुक्रबार हुने सल्हेश महाराजको पूजामा समेत आफ्नो परिवारलाई नजान गाउँका पञ्चले उर्दी जारी गरेका छन् । पासमान जातिका पञ्चले ती परिवारलाई कुनै पनि जातीय कार्य तथा भोजभतेर तथा विवाह र संस्कारमा अब उप्रान्त सहभागी नहुन समेत भनेका छन् ।

समाज विकासतर्फ उन्मुख भइरहेका बेला अझै जातीय नीति नियम र फैसलाले मानिसको सामाजिक अधिकार कुण्ठित भइरहेकाले सरोकारवाला यतातिर गम्भीर हुनु आवश्यक देखिएको छ ।

हाल न्यायका लागि सदरमुकाममा भाँैतारिइरहेका दुवै परिवार समाजले बिनाकारण दिएको सजायले आफूलाई अपमानित गरेको बताउँछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 136

प्रतिक्रिया (०)

सम्बन्धित खबर