Aamsanchar

कार्यवाहक सभापतिको जिम्मेवारी निरौलालाई

Author Image
सोमवार, साउन ३, २०७३

बिर्तामोड ।

niraj-copy

नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ झापाको कार्यवाहक सभापतिको जिम्मेवारी निरज निरौलाले पाएका छन् ।
निरौला नेविसंघका बरिष्ठ उपसभापति हुन् । संगठनका सभापति रोशन विष्ट नेपाली कांग्रेस दमक नगर सभापतिमा निर्वाचित भएपछि संगठनलाई यथेष्ट समय दिन नसकिरहेको अवस्थामा बरिष्ठ उपसभापति निरौलालाई कार्यवाहक सभापति तोकिएको जिल्ला सदस्य भूपेन्द्र थेवेले जानकारी दिए ।
आइतवार नेविसंघ झापाको बैठकले उक्त निर्णय गरेको हो । बैठकले यही साउन २३देखि २५ गतेसम्म काठमाडौंमा हुने नेविसंघको ११औं राष्ट्रिय महाधिवेशन सफल पार्न झापाबाट ६० जना प्रतिनिधिहरु सहभागी हुने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 251

प्रतिक्रिया (०)

सम्बन्धित खबर