Aamsanchar

आर्थिक अभाव भएपछि वन व्यवस्थापनमा समस्या

Author Image
बुधवार, साउन ५, २०७३

पथरी (मोरङ)  ।

आर्थिक अभाव भएपछि वैज्ञानिक वन व्यवस्थापनका लागि लाटिझोडा साझेदारी वनलाई समस्या भएको छ ।

अव्यवस्थित वनलाई व्यवस्थित र संरक्षण गर्दै अधिक आम्दानी लिन विभिन्न प्लट छुट्याएर काम अघि बढेको छ । लाटिझोडा साझेदारी वनका सदस्य सचिव सहायक वन अधिकृत जनक पाध्यकाअनुसार एक हजार ६८४ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त वनलाई विभिन्न चारवटा क्षेत्रमा विभाजन गरिएको छ ।

व्यवस्थापन गर्दा कटान र बिरुवा उत्पादनको काम सँगसँगै अघि बढाउने गरिन्छ । आव २०७१÷७२ बाट सुरु भएको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमअन्तर्गत कुपबाट निकालिएका काठबाट रु ९० लाख र अग्नि रेखालगायतबाट निकालिएका रुखको काठबाट रु १५ लाख आम्दानी भएको थियो ।

यस्तै बहु सरोकारवाला वन कार्यक्रमबाट उक्त वनलाई रु ९० लाख सहयोग प्राप्त भएको थियो । यस वर्षदेखि उक्त कार्यक्रम हटेपछि समस्या सिर्जना भएको हो । वैज्ञानिक वन व्यवस्थापनका लागि वनका पुराना रुख कटान गर्ने, कटान गरिएका काठ सङ्कलन गर्ने, घाटगद्दी गर्ने, कटान गरिएको क्षेत्रमा घेरबारा गर्ने, खाली स्थानमा बिरुवा रोप्ने, गोडमेल गर्ने, हेरालु तथा कार्यालय सहायक राख्ने, अग्निरेखा निर्माण गर्ने, बाक्लो बिरुवालाई छाट्नेलगायत कामका लागि आर्थिक अभाव भएको बताइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 145

प्रतिक्रिया (०)

सम्बन्धित खबर