Aamsanchar

पत्रकार उपचार कोषलाई मजदुरको सहयोग

Author Image
आइतवार, साउन ६, २०७५

बिर्तामोड।

नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको पत्रकार सहारा उपचार कोषका लागि नेपाल अटो मेकानिक्स टे«ड युनियन झापाले आफ्नो २१औं स्थापना दिवसको अवसर पारी शनिबार ५१०० रुपैयाँ प्रदान गरेको छ ।

महासंघ झापाका कार्यवाहक अध्यक्ष तथा पत्रकार सहारा उपचार कोषका संयोजक एकराज गिरीलाई युनियन अन्तर्गत बिर्तामोड मोटरसाइकल कमिटीका अध्यक्ष राजेश साहले उक्त रकम हस्तान्तरण गरेका हुन् । महासंघको कार्यालयमा भएको कार्यक्रममा युनियनका प्रदेश संयोजक धनपति सत्यालले पत्रकारको हितको लागि मजदुर क्षेत्रबाट पनि सहभागिता जनाउन सहयोग गरेको बताए ।

युनियनका जिल्ला उपाध्यक्ष छवि सिटौला, इलाका कमिटीका संस्थापक अध्यक्ष दिपेश बस्नेत लगायतको आतिथ्य रहेको कार्यक्रममा महासंघ झापाकी उपाध्यक्ष भीमा शिवाकोटी, सचिव सन्तोष आचार्य, सहसचिव केशव भट्टराई, कार्यसमिति सदस्यहरु लगायतको उपस्थिति थियो । कार्यवाहक अध्यक्ष तथा कोष संयोजक गिरीले धन्यवाद ज्ञापन गरेका थिए ।

Views: 134

प्रतिक्रिया (०)