चितवन,

काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा बच्चासहित ३ जनाको मृत्यु भएको छ । केही यात्रु घाइते भएका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ । अहिले उद्दारको काम भइरहेको छ ।

कति जनाको ज्यान गयो भन्ने बारे यकिन भइसकेको छैन । मुग्लिन र कुरिनटारको बीचमा बस खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । ना ६ ख २५०६ नम्बरको बसलाई ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २२ जनालाई भरतपुर अस्पताल लगिएको छ । यसअघि प्रहरीले बस पोखराबाट काठमाडौंका लागि छुटेको जानकारी दिएको थियो ।

Views: 116

