Aamsanchar

हल्दिबारी कुखुरापालक किसानको अध्यक्षमा हरि गौतम

Author Image
आइतवार, साउन १३, २०७५

बिर्तामोड ।

झापाको हल्दिबारी गाउँपालिकामा बोइलर कुखुरापालक किसानहरुले हरि गौतमको अध्यक्षमा नँया समिती गठन गरेका छन ।

गाउँपालीकामा बैलर कुखुरा पालकको हक हित र कुखुरा मा हुने समस्या समाधान गर्नका लागि १३ सदस्य कार्यसमिति गठन गरिएको छ । गठन गरिएको समितिको सचिवमा तुलसी मिश्र , सहसचिवमा कमला पुरी ,कोषध्यक्षमा उमा पुरी चयन भएका छन ।

यस्तै सदस्यहरुमा धर्म नेपाल , कमला पौडयाल ,गिता न्यौपाने चयन भएका हुन र बाकी सदस्य समितिको अर्को बैठकमा चयन गर्ने नव निर्वाचित अध्यक्ष गौतमले बताए । “अहिले सबै किसान को उपस्थित नभएकाले समितिको अर्को बैठकमा गाउपालीकाका सबै किसानलाई भेला गरेर अन्य सदूय चयन गर्ने” गौतमले भने ।

हल्दीबारी गाउपालीका का बैलर कुखुरा पालक किसान भद्रध्वज सुबेदिको अध्यक्ष्यतामा भएको कार्यक्रममा , झापा जिल्ला बौइलर कुखुरा पालक किसान संघका उपाध्यक्ष निलम कुमार संग्रौलाको प्रमुख आतिथ्यतामा रहेको थियो । कार्यक्रममा झापा जिल्ला बौइलर कुखुरा पालक किसान संघका उपाध्यक्ष संग्रौलाले बैलर कुखुरा पालन गर्ने हल्दीबारीका सबै किसानलाई कुखुरामा आइ पर्ने हरेक समस्या जस्तै मुल्य र्निधारण , बजार व्यवस्थापन , कुखुराको स्वास्थ्यमा आइ पने समस्याको समाधानका लागि समितिले मदत गर्ने बताएका थिए ।

संग्रौलाले भने “यस्ता समिति बनाउदा कुखुरा पालन गर्ने किसानलाई हरेक समस्या समाधान गर्न मदत मिल्छ , यस्ता समिति झापाका सबै स्थानिय तहमा गठन गर्न जरुरी रहेको छ । हल्दीबारी बाट शुरु भएको यो काम १५ बटै नगरपालीकामा अति आवश्यक छ ।”

नव गठित समितिका सचिव तुलसी मिश्रले स्वागत गर्नुभएको कार्यक्रमको संचालन अध्यक्ष हरि गौतमले गर्नुभएको थियो ।

Views: 174

प्रतिक्रिया (०)