खुदुनाबारी,

अर्जुनधारा र विर्तामोड नगरपालिका नगर प्रमुखले टेक बहादुर गिरी बसपार्क तथा बजार व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएका छन् ।

बसपार्क तथा बजार व्यवस्थापन समितिको कार्यालयको समुद्घाटन सहित डस्टबीन व्यवस्थापन कार्यक्रममा अर्जुनधारा नगरपालिका नगर प्रमुख हरि कुमार राना र विर्तामोड नगरपालिका नगर प्रमुख धुव्र कुमार शिवाकोटीले उक्त कुरा बताएका हुन् ।

बसपार्क तथा बजार व्यवस्थापन समितिले आयोजना गरेको कार्यक्रममा बसपार्कबासी संक्रीय भएर सहकार्य गर्दा सुफा, सुन्दर र समृद्ध नगर हुनेमा उनीहरुले विश्वास व्यक्त गरे । विर्तामोड नगरका प्रमुख शिवाकोटीले थप अगाडि भने– बसपार्कमा समितिले संकलन गरेको रकम सही सदुपयोग हुने नपुगेमा नगरपालिकाले पनि प्रदान गर्ने बताए ।

यता अर्जुनधारा नगरपालिका प्रमुख रानाले फोहोरलाई मोहोरमा रुपान्तरण पु¥याउन केही ध्यान दिनुपर्ने बताए । स्थानीय समितिले लिएको योजनामा आफू सधैं रहने उनले बताए । कार्यक्रममा २५ वटा फोहोरमैला व्यवस्थापनका लागि डस्टबीन अर्जुनधारा नगरले वितरण समेत गरेको थियो । कार्यक्रममा विर्तामोड इलाका प्रहरी कार्यालयका डिएसपी कृष्ण प्रसाद कोइरालाले मानवीय शोषण गरेर धन आर्जन गर्ने व्यक्तिको लागि प्रहरीले नछाड्ने बताए । त्यस्ता कार्यमा प्रहरीले साढगाँढ गरेको जानकारी आफूले जानकारी प्राप्त हुन साथ कारबाहीको दायरामा ल्याउने स्पष्ट्र पारे ।
“पूर्वको नमूना बसपार्क विकास गर्न सकिन्छ,” बसपार्क समितिका शिव पौडेलले भने । बजारको ट्राफिक व्यवस्थापनका लागि आवश्यक कार्य अगाडि बढाउनु पर्ने बताए । कार्यक्रम बिर्तामोड नगरपालिका वडा–५ का अध्यक्ष राजेन्द्र लिङदेनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नारी कल्याण झापाका सचिव प्रेमा भट्टराई, समाजसेवी शंकर ढु¨ेल लगायतले बोलेका थिए ।

