पाँचथर ।

अनुमति विना उडान भरेको आरोपमा प्याराग्लाइडिङ सञ्चालकसहित पाइलटलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिबार फिदिम नगरपालिकाको वडा नम्वर–३ को बतासेदेखि फिदिम माविको खेलमैदान र पर्यटयीकस्थल लब्रेकुटी क्षेत्रमा अनुमतिविना उडान भरेको आरोपमा प्याराग्लाइडिङ सञ्चालकहरु गणेश काफ्ले, दिलीप अधिकारी, रमेश खत्री र पाइलट केशव अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी प्रमुख(डिएसपी) बामदेव गौतमले उडान अनुमति नलिएको र सम्भाव्यता अध्ययन पनि नगरेको पाइएको भन्दै प्याराग्ल्याइडिङसहित नियन्त्रणमा लिनु परेको बताए।

साहसिक पर्यटनसँग जोडिएको प्याराग्लाइडिङको उडान भर्नु पूर्व पर्यटन मन्त्रालयबाट अनुमति लिनु पर्ने प्रावधान छ।
Views: 157

